नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहकारी ठगी प्रकरणमा जिबी राई र छविलाल जोशीले भन्दा बढी अपराध रवि लामिछानेले गरेको दाबी गरेका छन् ।
सोमबार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगी प्रकरणमा दोषी देखिएका सबैमाथि कारबाही हुने बताए । उनले कानुन सबैका लागि लागू हुने बताउँदै कोहीमाथि प्रतिशोध र रिसिइबी नराखी कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।
‘हामी बर्बराएर हिँड्दैनौं पनि । तर, त्यही केशमा जिबी राईलाई कानुन लाग्ने, छविलाल जोशीलाई कानुन लाग्ने, त्यो भन्दा बढी अपराध गर्ने मान्छे चाहीँ कराउँदै हिड्ने ? कानुनअनुसार हुन्छ यो । मेरो इच्छाले कारबाही गर्न चाहेर पनि हुँदैन । उहाँको इच्छाले कारबाही गर्न नचाहेर पनि हुँदैन । कानुनले जे भन्छ, त्यही हुन्छ,’– उनले भने, ‘विदेश जाउ तीँ ठगेको छ, नेपाल आउँ यहीँ ठगेको छ । नागरिकता, पासपोर्ट दुई वटा प्रयोग गरेको छ । जाली सबैभन्दा बढी जनतालाई उसैले गर्छ । यो प्रवृत्तिले मुलुक बन्दैन ।’
साथै, प्रधानमन्त्री केपी शर्मा ओली कुनै पनि अपराधीलाई जोगाउनुपर्छ भन्ने पक्षमा नरहेको उनले बताए । आफूहरुले कसैलाई व्यक्तिगत रुपमा आरोप लगाउने भन्दा पनि कानुनअनुसार सबैलाई कारबाही गरिने बताए ।
‘अपराधीलाई जोगाएर प्रधानमन्त्रीलाई केही फाइदा हुँदैन । कसैलाई फसाउने काम त गर्नै हुँदैन । त्यसैले हामी कसैले व्यक्तिगत रुपमा यो र त्यो भन्न चाहँदैनौं । कानुनअनुसार सबैलाई कारबाही हुन्छ,’– उनले भने ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला