‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]

गीत संगीत

‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]

लोक सर्जक विक्रम पौडेलको कर्णप्रिय गीत  ‘बुकी फुलेछ’ फिमेल भर्सन सार्वजनिक भएको छ ।

शिक्षाकर्मीसमेत रहेका पौडेलले जीवनमा केहि पनि सोचे झैँ नहुने रै’छ भन्ने भावलाई माया प्रेमको प्रसंगमा जोडेर गीत सिर्जना गरेका छन् । युवाको प्रेम पीडालाई आधार बनाएर रचेको यो गीत आफ्नै च्यानलबाट सार्वजनिक गरेका छन् ।

उनकै शब्द र संगीतमा गीत बनेको छ । पछिल्लो समयकी चर्चित गायीका मीठो स्वरका धनी सुनिता बुढा क्षेत्त्रीको एकल आवाजमा रहेको यो गीत दर्शक श्रोताले मन पराउनेमा विक्रम ढुक्क छन् ।

पूर्ण संयोगको एरेन्ज तथा मुर्चुङ्गा डिजिटल रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गरिएको हो । यस मार्मिक प्रेमकथालाई भिडियोमा पनि उत्तिकै न्याय गरिएको छ । लोकप्रिय मोडल सरिता दानकुटी , प्रकाश पौडेल, प्रेमराज अधिकारी, हरिप्रसाद शर्मा लगायतले यस गीतमा स्क्रिन शेयर गरेका छन् ।

दिपक अधिकारीले कोरियोग्राफी गरेको भिडियो जीवन दाहालले निर्देशन गरेका हुन भने अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ