लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एम, नेपाल अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा ग्रीन सिटीले श्रीकृष्ण मावि, मासबारका विद्यार्थीलाई ३ वर्षे लामो तेक्वान्दो प्रशिक्षण अवसर दिने भएको छ ।
विद्यालयका तीन जना विद्यार्थीहरु सरिता शाह, ईश्वर घले र अमृत कार्कीलाई निःशुल्क तेक्वान्दो प्रशिक्षणको अवसर प्रदान गरेको हो ।
क्लबले आफ्नो सिग्नेचर कार्यक्रम अन्तर्गत विद्यार्थीलाई तेक्वान्दो प्रशिक्षण दिने भएको हो । आत्मरक्षा, अनुशासन तथा व्यक्तित्व विकासका लागि बालबालिकालाई तेक्वान्दो खेलाउन लागिएको क्लबका अध्यक्ष बलराम लामाले बताए ।
सिग्नेचर प्रोजेक्ट चिफ कुलचन्द्र शर्माले सानैदेखि तेक्वान्दो खेलाउँदा बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग गर्ने बताए । ‘यसबाट उनीहरूलाई अनुशासनमा राख्छ,’ उनले भने, ‘त्यसैले बालबालिकालाई सानैदेखि यो खेल खेलाउनु राम्रो हुन्छ ।’
पेरिस पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्द्धनको उदाहरण दिँदै उनले नेपाली खेलकुद इतिहासमै अन्तर्राष्ट्रिय खेलकुदमा जितेको ऐतिहासिक र पहिलो ठूलो पदक रहेको र तेक्वान्दो खेलबाट धेरै खेलाडीले प्रगति गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालले तीन तहको सरकार हुँदासमेत खेल क्षेत्र सधैँ उपेक्षित हुनु परेको बताए। मार्सल आर्ट खेलको क्षेत्रमा तेक्वान्दोले एउटा छुट्टै प्रभाव जमाउँदै अन्तर्राष्ट्रिय स्तरमा देशको नाम राख्न सफल भएको उनले बताए।
‘खेलले समाजलाई अनुशासित बनाउने हुँदा खेलकुदलाई बढी ध्यान दिन जरुरी छ। मार्सल आर्टले असल नागरिक बनाउने मात्रै नभई व्यक्तिलाई कसरी आत्मरक्षा गर्ने भनेर सीप सिकाउने भएकोले पनि यसको छुट्टै महत्त्व छ ।’ अर्यालले भने ।
कार्यक्रमा चिफ एडभाइजर किशोर बराल, कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुड, डिपार्टमेन्ट सेक्रेटरी नवराज भण्डारी, जोन चियर पर्सन हरिशरण श्रेष्ठ, स्कुल व्यवस्थापन समितिका अध्यक्ष शोभा चन्द्र बराल, पूर्व अध्यक्ष पुरुषोत्तम रेग्मी, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकहरूको उपस्थिति रहेको थियो । कार्यक्रम क्लबका सचिव रचित पौडेलले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पिसिएमको ग्राजुएसन समारोह सम्पन्न
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो