कास्कीमा अबैध रुपमा कटपिस ढुङ्गा चोरी निकासी गर्ने साधन नियन्त्रणमा

कास्कीमा अबैध रुपमा कटपिस ढुङ्गा चोरी निकासी गर्ने साधन नियन्त्रणमा

ph2

पोखरा । कास्कीमा अबैध रुपमा कटपिस ढुङ्गा चोरी निकासी गर्ने साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार राति ११ः३५ बजे पोखरा महानगरपलिका १६ मध्यम पथ चोकमा भुर्जुङखोलाबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७२३४ नम्बरको मिनि टिप्परलाई कटपिस ढुंगाहरुसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

माछापुच्छ्रे गाउँपालिका अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्रबाट नदिजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी भईरहेको भन्ने गोप्य सुचनाका आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त मिनि टिप्परमा नियन्त्रणमा लिएको हो ।

उक्त मिनि टिप्परमा कटपिस ढुङ्गा लोड गरेको पाईएको र सो सम्बन्धमा प्रयोजन खुल्ने कागजातहरु साथमा नभएको हुँदा नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरा पठाईएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds