गुडिरहेको माइक्रो र बसमाथि ढुङ्गा खस्दा ५ जना घाइते

गुडिरहेको माइक्रो र बसमाथि ढुङ्गा खस्दा ५ जना घाइते

muglin narayanghat

चितवन । मुग्लिङ–नारायणगढ सडकखण्डमा गुडिरहेको यात्रुबाहक माइक्रोबस र बसमाथि ढुङ्गा खसेर लाग्दा पाँचजना घाइते भएका छन्।

इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा गयराति करिब ८ः १५ बजे काठमाडौंबाट बर्दिया तर्फ जाँदै गरेको ना ७ ख २७४५ नं.को बस र काठमाडौंबाट नारायणगढ तर्फ आउदै गरेको बा.प्र.०६–००१ज ०२३६ नं.को माईक्रोमा माथिबाट ढुङ्गा झरेर लाग्दा पाँचजना घाइते भएका हुन्।
घाइते हुनेमा दुबै सवारीसाधनमा सवार यात्रु रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

घाइते हुनेमा बर्दिया गेरुवा गाउपालिका–४ की ४० वर्षीया प्रेमकला थापा, गेरुवा गाउपालिका–३ का विकाश शर्मा, ३० वर्षीया गीता पाण्डे, मुगु खत्याड गाउँपालिका–८ का ३७ वर्षका हिरामणी सञ्जेल र मोहन सञ्जेल रहेका छन्।

उनीहरूको उपचार नयाँ मेडिकल कलेज भरतपुरमा भइरहेको छ।

यस्तै सोहि स्थानमा काठमाडौँबाट उदयपुर तर्फ जाँदै गरेको बा.प्र. ०१–००६ ख ७०२३ नं.को बसमा समेत माथिबाट खसेर ढुङ्गा लागेको थियो। तर, मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ