पोखरा । माछापुच्छ्रे क्रिकेट क्लबको आयोजनामा लेखनाथमा जारी माछापुच्छ्रे क्रिकेट लिग अन्तर्गत शनिबारको खेलमा पोखरा फिनिक्स र विजयी भएका छन् । पोखरा फिनिक्सले आर.के. भिक्टोरियनलाई ६ विकेटले तथा इस्लामिक कङ्कर्सले कुस्मा वारियर्सलाई २ विकेटले पराजित गरेको हो ।
शनिबारको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको आर.के. भिक्टोरियनले ८ विकेटको क्षतिमा ९४ रनको योगफल तयार पारेको थियो । उसका लागि निजामुदिन शेखले १९ बलमा अविजित २५ रन हाने । सफल श्रेष्ठले २८ बलमा २४ रन जोडे । पोखरा फिनिक्सका बलर सिब्रिन श्रेष्ठ र सुदर्शन कुँवर दुवै जनाले २/२ विकेट लिए ।
जितका लागि ९५ रन पछ्याएको इस्लामिकले ८.४ ओभरमा ४ विकेट गुमाउँदै विजय प्राप्त गर्यो । इस्लामिकको तर्फबाट प्लेयर अफ द म्याच मनोज कोइरालाले बिस्फोटक ब्याटिङ गर्दै १७ बलमा ४६ रन हाने । उनले २ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यस्तै विनोद नेपालीले १२ बलमा अविजित १७ रन, सिब्रिन श्रेष्ठले १२ बलमा १६ रन तथा अमृत लामिछानेले ५ बलमा १४ रन जोडे । भिक्टोरियनका बलर एलिक श्रेष्ठले २ विकेट लिए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको कुस्मा वारियर्सले १६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८० रन जोडेको थियो । कुस्माका लागि धिरज अधिकारीले १६ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो आँकडाको योगफल तयार पार्न सकेनन् । उसले ३६ अतिरिक्त रन पाएको थियो । इस्लामिकका बलर रोशन कंडेल र पुस्कर पौडेलले ३/३ विकेट लिए ।
जितका लागि ८१ रनको लक्ष्य पाएको इस्लामिकले १६.२ ओभरमा ८ विकेट गुमाएर जित हासिल गर्यो । इस्लामिकका लागि प्लेयर अफ म्याच रोशन कँडेलले अविजित २९ तथा विजय विकले अविजित १९ रनको योगदान दिए । कुस्मा वारियरका समिर भुजेल र विकास क्षेत्रीले ३/३ विकेट लिए । खेलाडीहरुले देशमा हालै आएको बाढी पहिरोबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै १ मिनेट मौन धारणा गरेका थिए ।
सम्बन्धित खबर
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
पूर्वेली एफसीलाई भिमप्रसाद स्मृति मुस्ताङ कपको उपाधि
हिसान गण्डकी फुटसल प्रतियोगिता सुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी सुरुवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो