शिक्षकको तलब मासिक रूपमा दिने व्यवस्था मिलाउन निर्देशन

शिक्षकको तलब मासिक रूपमा दिने व्यवस्था मिलाउन निर्देशन

शिक्षक र कर्मचारीले दशैँ आइसक्दा पनि तलब भत्ता पाउन नसकेको गुनासो

teachers_

काठमाण्डौ – शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षकको तलब भत्ता मासिक रूपमा दिने व्यवस्था मिलाउन ७ सय ५३ वटै पालिकालाई निर्देशन दिएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिमा शिक्षकलाई मासिक रूपमा तलब भत्ता भुक्तानी हुने व्यवस्था मिलाइने उल्लेख छ ।

विद्यालयले त्रैमासिकको पहिलो महिनामा तीन महिनाका लागि नियमानुसार आवश्यक तलब भत्ता पालिकामा माग गर्ने र त्यसका आधारमा पालिकाले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिक रूपमा तलब भत्ता भुक्तानी गर्नुपर्ने कार्यविधिमा भनिएको छ ।

शिक्षक र कर्मचारीको तलब भत्ता बैंकमार्फत् भुक्तानी हुनुपर्छ । तर कार्यविधि अनुसार शिक्षकले मासिक रूपमा तलब पाउन नसकेको गुनासो आएपछि केन्द्रले हालै लिखित रूपमै निर्देशन दिएको हो । कतिपय शिक्षक र कर्मचारीले मुख्य पर्व दशैँ आइसक्दा पनि तलब भत्ता पाउन नसकेको गुनासोसमेत गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ