पोखरा । काठमाडौंबाट लमजुङ आउँदै गरेको हायलक्स गाडी आज बिहान नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ ।
दुर्घटनामा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर छ । गाडीमा ४ पुरुष र २ महिला गरी जम्मा ६ जना थिए ।
मृत्यु हुनेमा काठमाडौंकाे तारेकेश्वर नगरपालिकास्थित मनमैजुका ५८ उपेन्द्र खनाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए।
उनका अुनसार खनाललाई विहान १० बजेर १० मिनेटमा त्रिवि शिक्षण अस्पतालले मृत घोषणा गरेको हो।
बा१४च ३८५५ नम्बरको गाडी आज बिहान करिब ८ बजे टोखा-छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको मृत्यु भएको हो ।
उक्त गाडी नागढुंगातर्फको जाम छल्न नुवाकोट हुँदै गल्छी निस्किएर लमजुङ आउँदै थियो । गाडीटोखा-छहरे सडक प्रयोग गरेर आउँदै गरेको गाडी हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ ।
यही असोज ११ र १२ गते भएको भारी वर्षाका कारण पहिरो जाँदा नागढुंगातर्फको बाटोमा घण्टौं जाम हुने र जोखिमपूर्ण पनि भएको भन्दै धेरै सवारी चालकहरुले टोखा-छहरे सडक प्रयोग गर्ने गरेका छन् ।
सम्बन्धित खबर
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
दाङमा रात्रीबस दुर्घटना हुँदा १५ जना घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
नवलपुरमा ट्रिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो