गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

accident

गोरखा । गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमसेन थापा गाउँपालिका –२ तान्द्राङका ३४ वर्षीय टीकाराम लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बिहीबार दिउँसो २ बजे गोरखा आँबुखैरनी सडक खण्डमा पर्ने गोरखा नगरपालिका –९ ठिंगुरेश्वरामा गोरखा सदरमुकामबाट आँबुखैरनीतर्फ जाँदै गरेको बा ४२ प ७९८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठोक्किँदा मोटरसाइकल चालक लामिछानेको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका लामिछानेको जिल्ला अस्पताल गोरखामा उपचार गर्ने क्रममा साँझ ०४ः२५ बजे मृत्यु भएको हो ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ