जोमसोम । मुस्ताङबाट करिब ९ हजार भेडा, च्यांग्रा बेसी ल्याइँदै छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङले बिहीबारसम्म ९ हजार दसैं पर्व लक्षित भेडा, च्यांग्रा बेसीतर्फ निकासा भएको जनाएको छ ।
उपल्लो डोल्पाबाट मुस्ताङ रुट हुँदै करिब ३ हजार भेडा च्यांग्रा पोखरातिर गएका छन् । मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र उपल्लो डोल्पाबाट जोमसोमसम्म भेडा च्यांग्रा कतिपयले हिडाएरै बेसी झारेका छन् । कतिपयले सम्बन्धित पशु पालकको गोठमै पुगेर ट्रकमा ढुवानी गरी बिक्रीका लागि पोखरा, काठमाडौं लगेका छन् ।
मुस्ताङबाट निकासी हुने भेडाच्यांग्राको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र धौलागिरि प्राविधिक शिक्षालयले पशु निरोगिताको प्रमाणपत्र उपलब्ध गराउने गर्छ । यसै रिपोर्टका आधारमा यस वर्ष भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङ र धौलागिरी प्राविधिक शिक्षालय लेतेबाट गरी करिब ९ हजार भेडा च्यांग्राको पशुनिरोगिताको प्रमाणपत्र उपलब्ध गराइएको भेटेरिनरी अस्पतालका कार्यालय प्रमुख एवं पशु चिकित्सक लालमणी अर्यालयले जानकारी दिए ।
मानव स्वास्थ्यलाई मध्यनजर गर्दै बर्सेनि मुस्ताङबाट बाहिरिने दसैं लक्षित भेडा च्यांग्रा पशु निरोगिताको परीक्षण गर्ने गरिन्छ । यसरी पशुस्वास्थ्य परीक्षण गरेरमात्रै मुस्ताङबाट बिक्रीका लागि भेडा च्यांग्राको निकासी गर्न पाइने प्रावधान छ ।
यस वर्ष स्वास्थ्य परीक्षण गरेवापत सम्वन्धित पशु चिकित्सकले प्रति गोटा १५ रुपैयाँ शुल्क लिएका छन् । पशु चिकित्सकले पशुमा जुनेटिक (खोरेत) रोग लागे/नलागे पहिचान गरेपछि पशु निरोगिताको पहेलो कार्ड वितरण गर्छन् । यस वर्ष मुस्ताङबाट निकै कम संख्यामा भेडा, च्यांग्रा बेसी झरेका छन् ।
तिब्बतबाट भेडा च्यांग्रा नेपाल भित्रिन नपाएको र उपल्लो मुस्ताङमा पालन गरिएका च्यांग्राको रौं (पश्मिना) काटेर बिक्री गर्ने गरिएकाले यस वर्ष भेडा च्यांग्रा कम आएका हुन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले गत वर्ष ७२ हजार पशु, चौपायालाई यहाँ पशु खोप सुनिश्चिता गरेको थियो । जसमध्ये दुई तिहाईभन्दा बढी भेडा च्यांग्रा थिए ।
जिल्लामा करिब ५० हजार भेडा—च्यांग्रा रहे पनि निकै कम संख्यामा बेंसी लगिएको छ । गत वर्ष मुस्ताङमा ४५ हजार २९२ वटा भेडा च्यांग्रा ५० हजार ९१ वटा भेडा च्यांग्रालाई पशुमा पूर्ण खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको रेकर्डमा उल्लेख छ । तर, जिल्लाको रेकर्डमा उक्त संख्या उल्लेख भए पनि २० प्रतिशतभन्दा कम भेडा, च्यांग्रा मुस्ताङ बाहिरिएका छन् ।
मुस्ताङमा यस वर्ष पोहोरको तुलनामा भेडा च्यांग्राको मूल्य सस्तिएको व्यापारीहरु बताउँछन् । गत वर्ष मुस्ताङमै ४५ हजार भन्ने गरिएका भेडा च्यांग्रा यस वर्ष ३५ देखि ३८ हजारमा बिक्री गरिएको च्यांग्रा व्यापारी पेम्वा रोकायाले बताए ।
हिमाली क्षेत्रको उच्च भूगोलमा पालन गरिने भेडा च्यांग्राले जटिबुटी यार्सा गुम्बा, निरमसी, जटामसी, पाँच औले, कुटुकी र वनलसुन आदि खाने भएकाले यिनको मासु स्वस्थ्यवर्धक र स्वादिष्ट मानिन्छ ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखबीच भेटवार्ता
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने