काठमाडौँ । देशभर १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार ७७ जिल्लामध्ये जुम्लामा बाहेक सबै जिल्लाका १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
ईडीसीडीको तथ्यांकअनुसार सबैभन्दा बढी कास्की जिल्लामा दुई हजार २२१ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यस्तै, तनहुँमा एक हजार ७२६, काठमाडौँमा एक हजार ९८६ जना डेंगु फैलिएको छ । यस्तै, पर्वतका एक हजार २८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको ईडीसीडीको तथ्याङ्क छ ।
यस्तै, चितवनमा ८२९, गोरखामा ५५२ ,ललितपुरमा ४४८, बागलुङमा ३३९, स्याङ्जामा २६४, कैलालीमा २३९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यी दश जिल्ला सबैभन्दा बढी डेंगु सङ्क्रमण भएका जिल्ला हुन् ।
कुन प्रदेशमा कति डेंगु सङ्क्रमित ?
देशभरका सातवटा प्रदेशमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा डेंगु सङ्क्रमण फैलिएको छ । यहाँ ६ हजार ४८९ जना डेंगु सङ्क्रमित छन् । यस्तै, बागमती प्रदेशमा ४ हजार ४८९, कोशी प्रदेशमा एक हजार ३२९ जनामा डेंगु पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
यस्तै, लुम्बिनी प्रदेशमा ९९५ जना, कर्णाली प्रदेशमा २२० जनामा डेंगु सङ्क्रमण भएको छ । यस्तै, मधेस प्रदेशमा २८९ र सुदूरपश्चिम प्रदेशमा ७३९ जनामा डेंगु पुष्टि भएको सरकारी तथ्याङ्क छ ।
डेंगु रोग डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । यो रोगको सङ्क्रमणबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु रहेको चिकित्सकको सुझाव छ ।
सम्बन्धित खबर
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा पर्यटकीय स्थल आलिताल अवलोकन भ्रमण
ज्वाइँसँगको अवैध सम्बन्धका कारण ६९ वर्षका प्रेमीको हत्या
बढ्यो इन्धनको मूल्य
आगलागीबाट घाइतेलाई काठमाडौं लैजाँदै गर्दा बाटोमै अस्ताए एकै परिवारका तीन जना
नागरिकतामा बुवाको नाम अनिवार्य नहुने व्यवस्था गरिँदै
रविबारे रुपन्देही जिल्ला अदालतले दिएको आदेशमा के छ ? [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते