नेपालबाट बङ्गलादेशमा ४० मेगावाट विद्युत निर्यात गर्ने सम्झौतामा हस्ताक्षर

नेपालबाट बङ्गलादेशमा ४० मेगावाट विद्युत निर्यात गर्ने सम्झौतामा हस्ताक्षर

१० वर्षमा ५ हजार मेगावाट लैजाने लक्ष्य

pho

पोखरा । नेपाल र बंगलादेशबीच विद्युत किनबेचसम्बन्धी सम्झौता भएको छ। दुई देशका उच्च अधिकारीबीच आज विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय नोडज एजेन्सी एनटिपीसी विद्युत् व्यापार निगमबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएको हो ।

सचिवस्तरीय संयन्त्रमा नेपालको तर्फबाट ऊर्जासचिव सुरेश आचार्य र जनगणतान्त्रिक बङ्गलादेश सरकारका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद हबिवुर रहमानको सह–अध्यक्षता रहेको छ ।

सम्झौताअनुसार नेपालले पाँच वर्षसम्म वर्षायामका ६ महिना ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गर्ने छ ।

जसको मूल्य प्रतियुनिट आठ रुपैयाँ १७ टाका (नौ रुपैयाँ ३० पैसा) रहेको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए । घिसिङले यो सम्झौतापछि नेपालले वार्षिक करिब ९.२ मिलियन डलर आम्दानी गर्ने बताएका छन् ।

१० वर्षमा ५ हजार मेगावाट निर्यातको लक्ष्य लिएको नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने प्राधिकरणले जनाएको छ ।

हरेक वर्षको १५ जुन देखि १५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत् ढल्केबरबाट मुजफ्फरपुर ट्रान्समिसन लाइनमार्फत बंगलादेशमा निर्यात गरिने छ ।

ढल्केबरबाट मुजफ्फरपुर हुदै बंगलादेशको भेरमारामा विद्युत् पुग्ने प्राधिकरणले जनाएको छ । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने घोषणा गरिसकेको छ । नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ