झ्याप्ले खोलामा पुरिएर मृत्यु हुने ३५ जना सबैको सनाखत, गण्डकीका १३ जना (सूचीसहित)

विपद्

झ्याप्ले खोलामा पुरिएर मृत्यु हुने ३५ जना सबैको सनाखत, गण्डकीका १३ जना (सूचीसहित)

गोरखाका ५ जना, स्याङ्जाका ३, बागलुङका २, तनहुँका २ र पर्वतका १ जनाको मृत्यु

Jhyaple khola

तस्वीरः शंकर श्रेष्ठ

झ्याप्ले खोलाको पहिरोमा पुरिएर मृत्यु हुने सबैको पहिचान खुलेको छ । धादिङको धुनिवेशी नगरपालिका- ९ झ्याप्ले खोलामा खसेको पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको थियो ।

असोज ११ गते सडकमाथिबाट खसेको पहिरोले दुई वटा माइक्रो र एउटा बस पुरिएको हो । पहिरोमा पुरिएर ज्यान गुमाउने सबैको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले बताए । उनका अनुसार सबैको पहिचान खुलेर पनि शव आफन्तलाई बुझाइसकिएको छ ।

असोज ११ गतेपछि बाढी पहिरोमा परेर हालसम्म देशभर २३३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । २२ जना अझै वेपत्ता छन् भने १६९ जना घाइते भएका हुन् ।

१७ हजार १२० भन्दी बढी प्रभावितको उद्धार गरेको उल्लेख गरिएको छ ।

गण्डकीका १३ जना परे

झ्याप्ले खोलाको पहिरोमा गण्डकी प्रदेशका १३ जनाले ज्यान गुमाएका छन् । गोरखाका ५ जना, स्याङ्जाका ३, बागलुङका २, तनहुँका २ र पर्वतका १ जनाको मृत्यु भएको छ ।

गोरखाको भिमसेन गाउँपालिका- ४ का ४७ वर्षीय मदन परियार दमै, भिमसेन गाउँपालिका- ४ का १५ वर्षीय विनायक भट्टराई, धार्चे गाउँपालिका- ७ का २७ वर्षीय सुके दमै, बारपाक सुलिकोट गाउँपालिका- ७ का २८ वर्षीय नवराज पन्त, गण्डकी गाउँपालिका- ४ का ४० वर्षीय नवराज तिवारीको मृत्यु भएको छ ।

स्याङजाको गल्याङ नगरपालिका- ३ की ४५ वर्षीया सिता भट्टराई, दीपिका भट्टराई र दिपेश भट्टराई रहेका छन् । तनहुँको भानु नगरपालिका- ३ का २६ वर्षीय जनक कुवँर, व्यास नगरपालिका- ५ का ३४ वर्षीय लेखनाथ ओझा, बागलुङको बडिगाड गाउँपालिका- २ का ५२ वर्षीय इन्द्रजीत राना र भीमकुमारी राना रहेका छन् ।

पर्वतको कुश्मा नगरपालिका- २ का ३१ वर्षीया पुष्पा शर्माको पनि झ्याप्ले खोलाको पहिरोमा पुरिएर ज्यान गएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ