परिवारका सदस्यसहित भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र शाह

अर्थपूर्ण भ्रमण

परिवारका सदस्यसहित भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र शाह

धार्मिक क्षेत्र भ्रमण र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने कार्यक्रम

Gyanendra Bhutan (..1)

काठामाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित भुटान गएका छन् ।

बिहीबार बिहान ड्रुक एयरलाइन्सको विमानबाट थिम्पु प्रस्थान गरेका उनलाई पारो विमानस्थलमा रेड कार्पेटमा विशेष स्वागत गरिएको छ ।

शाहसँगै उनकी छोरी प्रेरणासहित परिवारका सदस्यहरु भतिजी शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना पनि भुटान गएका हुन् । शाह भुटानको राजधानी थिम्पु पुग्दा भुटानी राजकुमारीले स्वागत गरेकी छन् । शाहको भुटान भ्रमण निजी रहेको शाहका सम्वाद सचिव फणिराज पाठकले जानकारी दिएका छन् ।

पूर्वरानी कोमल शाह र पूर्वयुराज्ञी हिमानी शाह भने यो भ्रमणमा सहभागी छैनन् ।

भुटानमा रहँदा उनले धार्मिक क्षेत्र भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने बताइएको छ । उनको भुटान भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पूर्वराजा शाह असोज २० गते आइतबार स्वदेश फर्कने बताइएको छ ।

हिमाली मुलुक भुटान र नेपालमा लामो समय राजतन्त्र थियो । नेपालको राजतन्त्रलाई २०६५ मा गणतन्त्र घोषणासहित बिदा गरिएको थियो । भुटानमा भने अझै राजतन्त्र छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ