इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]

गीत संगीत

इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]

लोमान्थाङको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास

पोखरा । गीतकार इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक भएको छ ।

नेपालीको महान पर्व बडा दशैंको अवसर पारी घटस्थापनामा गीत सार्वजनिक भएको हो । गीतमा विश्व डोङको स्वर र संगीत रहेको छ । सुभाष राई र निरा थापा मगरको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई एस टु प्रोडक्सनका सुरज श्रेष्ठले निर्देशन गरेका हुन् ।

निरा थापा मगरको अफिसियल युट्यूव मार्फत् भिडियो सार्वजनिक गरिएको हो । मुस्ताङ जिल्लाको लोमान्थाङ र कोरला नाकाको वरिपरि छायाँकन गरिएको म्युजिक भिडियो उत्कृष्ट बनेको छ ।

गण्डकी प्रदेश सरकारको पूर्व सांसद समेत रहेका बिष्ट पछिल्लो समय सिर्जनामा लागिरहेका छन् । उनले सिर्जना गरेका गीतले भेगीय मौलिकतालाई समेत समेटेको छ । आमा प्रति सम्मान गर्दै गीत निर्माण गरिएको उनले बताए ।

बिष्टले एक वर्ष अघि सार्वजनिक गरेको गीत ‘मुस्ताङे नानी’ लाई निकै रुचाइएको थियो । युटुबमा उक्त गीतलाई हेर्नेको संख्या १७ लाख माथि छ । मुस्ताङे नानी जस्तै आफ्नो नयाँ सिर्जनालाई समेत दर्शकले मन पराउनेमा उनी आशावादी छन् ।

उक्त गीतले लोमान्थाङको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास बिष्टको छ । अपर मुस्ताङको रहनसहन र सामाजिक अवस्थालाई समेत गीत मार्फत दर्शाउन खोजिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ