मकवानपुर । कीर्तिपुर, काठमाडौँका ५० वर्षीय विनोद खड्गीलाई ‘हनी ट्रयाप’मा पारेर हत्या गरिएको पुष्टि भएको छ ।
खड्गीको शव असोज ६ गते काभ्रेको पाँचखाल नगरपालिका–८ को ४९ किलो भन्ने ठाउँमा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रारम्भिक अनुसन्धानले विनोदको हत्या भक्तपुरमा भएको र पाँचखाल ल्याएर शव फालिएको पत्ता लगाएको छ ।
खड्गीको अपहरण र हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ शंकरापुर नगरपालिका–५ बस्ने वर्ष २२ का सरिन घिमिरे, महोत्तरी जिल्लाको गौशाला नगरपालिका–६ घर भइ हाल भक्तपुरको कौशलटार बस्ने वर्ष २० का आशिष पासवान, शंखरापुर नगरपालिका–५ बस्ने वर्ष २१ का रिकेश पौडेल र बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ घर भइ हाल काठमाडौँ, कोटेश्वरस्थित महादेवस्थान बस्ने वर्ष १९ का प्रतिक गौतम छन् ।
उनीहरूलाई काभ्रे जिल्ला अदालतमा पटकपटक गरी १७ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एवं प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।
हत्यामा संलग्न ३ जना भारतीय नागरिक फरार रहेको उनको भनाइ छ । उनका अनुसार खड्गीको हत्याको मुख्य योजनाकार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भएकी २१ वर्षीय मनिषा महत रहेको अनुसन्धानमा खुलेको छ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ मा डेरा लिएर बस्ने मनिषाले सोही स्थानमा खड्गीको हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक खड्काले बताइन् ।
प्रहरीका अनुसार मनिषा पटके अपराधी भएको देखिएको छैन । तर, उनी हालै भारतमा पनि ‘हनी ट्रयाप’मा पारी एक व्यक्तिसँग १ लाख ५० हजार रुपैयाँ लिएर नेपाल आएको पाइएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।
करिब ३ महिना अगाडि मनिषाले भारतीय नागरिक अन्सु र शिवमसँग मिलेर भारतको ग्रेटर नोएडामा तुसारलाई कुटपिट गरी फिरौती रकम १ लाख ५० हजार रुपैयाँ लिइ नेपाल फर्किएकी थिइन् । सो क्रममा मनिषामार्फत सो समूहले नेपालमा पनि धनी व्यक्तिलाई यौन कुण्ठामा पारी रकम लुट्ने योजना बनाएको थियो ।
सम्बन्धित खबर
कुलमानको पुनर्बहाली माग्दै काठमाण्डौमा प्रदर्शन
सरकारले नसुनेपछि शिक्षकहरूले निकाले सिठी जुलुस
भक्तपुरको सानोठिमी क्याम्पसका स्ववियु अध्यक्ष ठगुन्नामाथि कुटपिट
भिरबाट लडेका वृद्धको डढेलोमा परेर मृत्यु
जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
मासु अड्किएर एक जनाको मृत्यु
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर