काठमाडौँ – गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीले आफूलाई गैरन्यायिक हिरासतमा राखेको भन्दै सर्वोच्च अदालतमा दिएको बन्दिप्रत्यक्षीकरणको निवेदन सर्वोच्चले खारेज गरिदिएको छ।
बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले जोशीलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्न मिल्ने नदेखिएकाले रिट निवेदन खारेज गरेको हो।
‘कास्की जिल्ला अदालतबाट अनुमति प्राप्त भए बमोजिम हिरासतमा रहेको अवस्था देखिएको सन्दर्भमा निवेदकलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्न मिल्ने नदेखिँदा माग बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न मिलेन। प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ।’
उनको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र रमनकुमार श्रेष्ठ तथा अधिवक्ताहरु अपूर्व खतिवडा, सञ्जय अधिकारी र विवेककुमार ठाकुरले बहस गरेका थिए।
यसअघि, सर्वाेच्चले हिरासतमा राख्नुको कारण देखाउन आदेश जारी गरेको थियो। यद्यपि उनले दसैँ भने मान्न पाउने भएका छन्। सर्वाेच्चले जोशीलाई धरौटी वा जमानत लिई तारेखमा राख्न निर्देशन दिएको हो।
‘मिति २०८१/६/१७ देखि वडा दशैंको लामो विदा अवधि प्रारम्भ हुने अवस्था पनि छ। उल्लिखित कसुरमा हालसम्मको अनुसन्धानको अवस्था र आउदो दशैं विदाको अवधिसमेतलाई विचार गर्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९१० मा अनुसन्धान अधिकारीले हिरासतमा रहेको व्यक्तिबाट धरौट वा जमानत लिई तारेखमा राख्न सक्ने व्यवस्था रहेको सन्दर्भमा सो व्यवस्थाको प्रयोगतर्फ ध्यानाकर्षणका लागि विपक्षी जिल्ला प्रहरी कार्यालय कास्कीको नाममा लेखी पठाई नियमानुसार गर्नु।’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते