युवा नेता अधिकारीद्वारा भेटी रकम विद्यालय र मन्दिरलाई प्रदान

युवा नेता अधिकारीद्वारा भेटी रकम विद्यालय र मन्दिरलाई प्रदान

बुबा आमाका नाममा अक्षयकोष स्थापना

adhikari achhey (1)

मातृशोकमा रहेका नेकपा (एमाले) का युवा नेता अर्जुन अधिकारीले  भेटी वापत संकलन भएको रकम आफू अध्ययन गरेको विद्यालय र स्थानीय मन्दिरलाई सहयोग गरेका छन् ।

नेता अधिकारीका आमा पोखरा १९, घार्मी निवासी दुर्गादेवी अधिकारीको १३ औं दिनको पुण्यतिथीका सन्दर्भ पारेर बुधबार भेटी वापत् संकलित रकम स्थानीय महेन्द्र माध्यमिक विद्यालयमा स्व. भरतराज–दुर्गादेवी स्मृति अक्षयकोष स्थापनार्थ ५ हजार ५ सय ५५ र ओमकारेश्वर महादेव मन्दिरलाई संचालन सहयोगार्थ ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरिएको हो ।

१३ औं दिनको पुण्यतिथीमा आफ्ना स्वकीय सचिव अधिकारीको निवासमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट पुगेका थिए ।

उक्त अवसरमा प्रदेश प्रमुख भट्टले अक्षयकोषको रकम विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेल र प्रधानाध्यापक बासुदेव पौडेल तथा मन्दिरका पुजारी रामचन्द्र पौडेल र मन्दिरका सदस्य लिला पौडेललाई रकम हस्तान्तरण गरे ।

साथै, मन्दिरमा दान संकलनका लागि दानपत्र बाकस पनि प्रदान गरे ।

एमाले गण्डकी प्रदेश कमिटिका सदस्यसमेत रहेका अधिकारीले बुवा आमाको स्मरणमा गरिएको यो कार्यले भौतिक शरीर साथमा नभएपनि सधैं बचाइरहने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds