पोखरा । चाडपर्वले बढेको हवाई चापलाई मध्येनजर गर्दै पोखरासहित मुख्य सुगम विमानस्थल भोलिदेखि बिहान ४ : ३० बजेदेखि खुला हुने भएका छन् । चाडपर्वसँगै गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि हवाइ चाप बढेको हाे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो नियम भोलि घटस्थापना अर्थात असोज १७ गतेदेखि कात्तिक १ गते पूर्णिमासम्म लागू हुनेछ । यो नियम अनुसार उपकरणको सहायताबाट उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थल रहेका छन् ।
पोखरा विमानस्थलका सूचना अधिकारी जसोदा रेग्मी सुवेदीले भोलि बिहान साढे ४ बजेदेखि नै विमानस्थल सञ्चाालनको तयारी भएको जानकारी दिइन् । अरु बेला विमानस्थलको जनशक्ति साढे ५ बजे आएर ६ बजे सञ्चालन गर्थौ,’ उनले भनिन्,‘ भोलिदेखि ४ बजे आएर साढे ४ बजे देखि नै विमानस्थल सञ्चालनको तयारी छ । ’
पोखरा विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म १८ घण्टा सञ्चालन हुँदै आएकोमा अब कात्तिक १ गतेसम्म साढे १३ घण्टा सञ्चालन हुनेछ । मंगलबार काठमाडौंबाट दुईतर्फी ३ सय ३५ वटा उडान भएका थिए भने यी उडानबाट १८ हजार १ सय ३७ यात्रुले यात्रा गरेका थिए ।
सम्बन्धित खबर
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पिसिएमको ग्राजुएसन समारोह सम्पन्न
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो