स्याङ्जामा घनले टाउकोमा प्रहार गरी एकको हत्या

स्याङ्जामा घनले टाउकोमा प्रहार गरी एकको हत्या

hatya

स्याङ्जाको हरिनास गाउँपालिका -४ बाङ्गेश्वारामा घनले टाउकोमा प्रहार गरी एकको हत्या भएको छ । घन प्रहार गरी हत्या गरेको अभियोगमा मंगलबार प्रहरीले स्थानीय सुरेश थापालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान १० बजेको समयमा स्थानीय ३२ वर्षीय सुरेश थापाले घरमा आरनमा फलामको काम गरिरहेका ५८ वर्षीय प्रेम बहादुर कामीलाई घनले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।

घन प्रहार गर्ने थापालाई घनसहित नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । उक्त घटना सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ