काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासित डा. मुकुल ढकालले आफूमाथिको कारबाहीबारे पुनर्विचार गर्न आग्रह गर्दै अर्को निवेदन हालेका छन् । निवेदनमा आफूलाई पार्टीको साधारण सदस्य कायम राख्न आग्रह गरिएको छ ।
रास्वपा पुनरावेदन समितिलाई सम्बोधन गर्दै ढकालले यो निवेदन लेखेका हुन् । कारबाहीको विषयमा उनको यो दोस्रो निवेदन हो । यसअघि महामन्त्री पदमा बहाल रहन पाउँ भन्दै लेखेको निवेदन रास्वपामा थाँती रहेको छ ।
पछिल्लो निवेदनमा पनि ढकालले आफूबाट पार्टी हितविपरीतको कुनै काम नभएको भन्दै कारबाहीको वैधतामा प्रश्न उठाएका छन् ।
निवेदनमा भनिएको छ, ‘म पुनरावेदकविरुद्ध व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिने दूषित अभिप्राय एवं उद्देश्यबाट पार्टीको पदको दुरुपयोग गरी पार्टी विधान एवं कानूनविपरीत केन्द्रीय समितिको बैठक बसी मलाई पार्टीको साधारण सदस्यबाट हटाउने गरी भएको मिति २०८१/०५/११ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई पार्टीको साधारण सदस्य कायम गरिपाउँ । साथै, मलाई मिति २०८१/०३/२५ मा पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने निर्णयउपर दायर गरिएको पुनरावेदन हाल विचाराधीन नै रहेको हुँदा साधारण सदस्य कायम गराउनुका साथै साविककै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाइपाउँ ।’
सम्बन्धित खबर
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
निर्धारित समयमा चुनाव आजको आवश्यकता : नेता नारायणकाजी श्रेष्ठ
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की