पोखरा रत्नचोकस्थित फार्मेसी सञ्चालक शर्मा पक्राउ

पक्राउ

पोखरा रत्नचोकस्थित फार्मेसी सञ्चालक शर्मा पक्राउ

mitralal-sharma

पोखरा महानगरपालिका वडा नं. ७ स्थित शुभेक्षा फार्मेसीका सञ्चालक मित्रलाल शर्मा लागूऔषध विक्री वितरण गरेको आरोपमा पक्राउ परेका छन् ।

उनलाई मंगलबार दिउँसो १ बजे पक्राउ गरी जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी मुद्दामा १५ दिन म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

डीएसपी शर्माका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको टोली शुभेक्षा फार्मेसीमा छापा मारेको थियो ।

सोक्रममा फार्मेसीबाट टपेन्टाडोल हाइड्रोक्लोराइड क्याप्सुल्स ५० एमजी लेखिएको लागूऔषध एक सय १५ चक्की र उनको पोखरा-१७ पावरहाउसस्थित घरमा लुकाएर राखिएको सोही लागूऔषध ४५ हजार ७० चक्की बरामद भएको डीएसपी शर्माले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ