पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा शोभायात्रा स्थगित

पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा शोभायात्रा स्थगित

महोत्सवअन्तर्गत अन्य कार्यक्रम भने सञ्चालन हुने

Bindhyabasini Temple

पोखराको विन्ध्यवासिनी मन्दिरमा असोज १७ गते आयोजित नवदुर्गा शोभायात्रा स्थगित भएको छ ।

अविरल बर्षा भई डुवान, बाढी र पहिरोजन्य प्रकोपमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारबाट राष्ट्रिय शोकको घोषणा गरेकाले शोकमा शोभायात्रा गर्न उचित नहुने भन्दै स्थगित गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।

समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालै मात्र देशको विभिन्न भू-भागमा अविरल बर्षा भई डुवान, बाढी र पहिरोजन्य प्रकोपमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकारबाट तीन दिन राष्ट्रिय शोकको घोषणा भएकोले यस समितिबाट यही असोज १७ गते आयोजित विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा कार्यक्रम रद्ध भएको सूचित गरिन्छ, शोभायात्राको पूर्व तयारीमा लाग्नुभएका श्रद्धालु भक्तजन र सहयोगी संस्थामा पर्न जाने असुविधाप्रति हामी क्षमा याचना गदछौँ ।’

शोभायात्रा कार्यक्रम स्थगित भए पनि नवदुर्गा महोत्सवअन्तर्गत अन्य कार्यक्रम भने सञ्चालन हुने बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ