पोखराको नयाँगाउँमा एमेच्योर फुटबल प्रतियोगिता सुरू

फुटबल

पोखराको नयाँगाउँमा एमेच्योर फुटबल प्रतियोगिता सुरू

IMG_8419

पोखरा महानगरपालिका वडा नं १५ नयाँगाउँमा मंगलबारदेखि विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्योर फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिता उद्घाटन गर्दै पोखरा-१५ का वडाध्यक्ष तोरण बानियाँले खेलकुदले खेलाडीको परिचय फराकिलो बनाउन सघाउने बताए । उनले खेलकुदले अनुशासनको दायरामा राख्दै भाइचाराको आपसी सम्बन्धलाई बलियो बनाउन मद्दत गर्ने उल्लेख गरे ।

कार्यक्रममा संगम टोल विकास संस्थाका अदिप बराल, फ्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीका अध्यक्ष गंगा बहादुर क्षेत्रीलागायतले बोलेका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमा दिव्यज्योती युवा क्लबले जित निकालेको छ । कफीधिंलाई २-० गोल अन्तरले पराजित गर्दै दिव्यज्योती दोस्रो चरणमा प्रवेश गरेको कार्यक्रम संयोजक विकास गुरुङले जानकारी दिए ।

दिव्यज्योतीको जीतमा मन्जित थापा र कुशल रानाले समान १/१ गोलको योगदान दिए ।

यस्तै, दोस्रो खेलमा नवप्रतिभालाई केएनबीले ३-० गोल अन्तरले पराजित गर्याे । केएनबीको जीतमा बुद्धि गुरुङले २ र अमिर गुरुङले १ गोल गरे ।

यस्तै, सेभेन टु एट गाइज र आर फिफ्टिनबीच भएको तेस्रो २-२ को बराबरीमा निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा सेभेन टु एट गाइज बिजयी बन्यो ।

चौथो खेलमा वी आर वन टिमले टुटुङ्गा एफसीलाई १-० गोल अन्तरले पराजित गर्याे । वी आर वनको जीतमा विकास गुरुङले निर्णायक गोल गरे ।

प्रतियोगिताको विजेताले नगद ६० हजार, उपविजेताले ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विधागततर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, अनुशासित टिमलाई नगद रु पाँच हजार प्रदान गरिनेछ । कार्यक्रममा आदर्श आमा समूह र संगमटोल विकास आमा समूहको टोलीले झाँकी समेत प्रर्दशन गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ