पोखरा । गत असोज १३ गते पोखराको चाउथे नजिकै विजयपुर खोलामा एक शिशुको शव झोलाभित्र भेटियो । शिशुको पहिचान खुल्न नसकेपछि अनुसन्धानलाई वडा प्रहरी रामबजार र कास्की प्रहरीले तीब्रता दियो ।
ती शिशु असोज ११ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जन्मिएको अनुसन्धानबाट पत्ता लाग्यो । अस्पतालसँगको समन्वयमा बच्चाको बाबुआमा, ठेगाना लगायत सबै विवरण प्रहरीले पाइसकेको छ । सीसीटीभी फुटेजबाट पहिचान पनि भइसकेको छ । लोकेशन निकट प्रहरी पुगेको छ ।
असोज ११ गते जन्मिएको बच्चा भोलिपल्ट १२ गते नै स्वास्थ्य सामान्य रहेकाले डिस्चार्ज गरिएको अस्पताल प्रशासनले प्रहरीसामु बताएको छ । तर, १३ गते उनको शव विजयपुर खोलामा झोलाभित्र भेटियो ।
कास्कीका प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले शिशुको अभिभावक निकट प्रहरी पुगिसकेको गण्डकन्यूजलाई बताए ।
‘बच्चा झोलाभित्र भेटिएपछि अनुसन्धानको क्रममा क्षेत्रीय अस्पतालमा जन्मिएको पत्ता लाग्यो । त्यसपछि अस्पतालकै समन्वयमा बच्चाका आमाबाबु, ठेगाना सबै थाहा पाइसकेका छौँ । सीसीटीभी फुटेजका आधारमा कहाँ गए ? लोकेशन निकट छौँ । पक्रेर सार्वजनिक गरिहाल्छौँ । पक्राउ गर्नुपर्ने भएकाले थप कुरा अहिले भन्न मिलेन ।’ डीएसपी शर्माले भने ।
नुवाकोट जिल्लाका ती जोडीले १० वर्ष अघि बिहे गरेको थाहा हुन आएको छ । बच्चा किन खोलामा मृत भेटियो ? भन्नेबारे थप कुरा उनीहरुबाटै थाहा हुने डीएसपी शर्माले बताए ।
उनीहरुले बच्चा डिस्चार्ज भएपछि अस्पतालबाट बर्थ सटिफिकेट पनि लिएका थिए । शिशुको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै छ । आफन्त नभएका कारण पोष्टमार्टम भएको छैन ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो