पोखरा नदीपुर स्थित यहाँको एक उत्कृष्ट क्याम्पस पोखरा कलेज अफ मेनेटमेन्ट (पिसिएम) ले स्नातक तहको अध्ययन सम्पन्न गरेका २०१९ ब्याचका विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच बिदाई गरेको छ ।
लेकसाइड स्थित बरपिपल रिसोर्टमा सांस्कृतिक समारोहका बीच बीबीए, बीसीआईएसका आठौं सेमेस्टर परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई सातौं सेमेस्टरका विद्यार्थीले बिदाई गरेका हुन् ।
कलेजकी प्राचार्य लिना श्रेष्ठ नेगीको प्रमुख आतिथ्यता रहेको थियो । उनले आगामी शैक्षिक भविष्यका लागि विद्यार्थीहरुलाई शुभकामना दिँदै अब विभिन्न क्षेत्रमा स्थापित भएर कलेजको नाम थप उचोँ पार्ने विश्वास व्यक्त गरिन् ।

यस कलेजमा अध्ययन गरेका विद्यार्थीले नेपालको सरकारी निकाय तथा उत्कृष्ट व्यापारिक प्रतिष्ठानमाहरूमा रोजगार पाइरहेको बताइन् । बीसीएसआईटीका कोओर्डिनेटर ई. हरिप्रसाद बराल, बीबीए कोओर्डिनेटर हरि अधिकारी लगायत कार्यक्रममा उपस्थित थिए ।


सातौं सेमेस्टरका विद्यार्थी सम्राट गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले एकल तथा सामूहिक नृत्य, गायन लगायतका सांस्कृतिक प्रस्तुति राखेका थिए ।



अञ्जली पौडेलले स्वागत गरेकी थिइन् भने विक्रान्त कुँवरले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा करिब एक सय जनाको उपस्थिति रहेको थियो ।


सम्बन्धित खबर
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पिसिएमको ग्राजुएसन समारोह सम्पन्न
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो