५ वर्ष कैद र १ लाख जरिवानाको मागसहित दुर्गा प्रसाईं विरूद्ध साइबर अपराधमा मुद्दा दर्ता

अपराध

५ वर्ष कैद र १ लाख जरिवानाको मागसहित दुर्गा प्रसाईं विरूद्ध साइबर अपराधमा मुद्दा दर्ता

Durga_prasai_police

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको कसुरमा मुद्दा दर्ता भएको छ।

साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको कसुरमा दुईवटा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए।

उनलाई विद्युतीय अपराधमा असोज ६ गते भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो। उनीमाथि ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरिएको छ। उनीविरुद्ध साइबर अपराधमा दुईजनाले उजुरी दिएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds