पाेखरा । क्यानडा भ्रमणमा रहेको नेपालको हारको श्रृंखला तोडिएको छ । नेपालले ओमानमाथि जित हासिल गरेको छ । गएराति सम्पन्न त्रिकोणात्मक टी-२० श्रृंखलाअन्तर्गतको खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो ।
नेपालले दिएको १ सय ७७ रनको लक्ष्य ओमान १९दशमलव१ ओभरमा अल आउट हुँदै १ सय ३९ रन मात्र बनाएपछि नेपाल ३७ रनले विजयी भएको हो ।
ओमानका लागि शोएब खानले सर्वाधिक ४५ रन बनाए भने राफिउल्लले ३३ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर करण केसीले ३ विकेट लिएका थिए भने कुशल भुर्तेल र गुल्सन झाले २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ४० रन बनाए भने कुशल मल्लले ३०, अनिल शाह र आसिफ सेखले २७-२७, कुशल भुर्तेलले २० तथा दिपेन्द्र सिंह ऐरीले ५ बलमा १८ रन बनाएका थिए ।
यो नेपालको श्रृंखलामा दोस्रो खेलमा पहिलो जित हो । यसअघि पहिलो खेलमा नेपाल क्यानाडासँग १४ रनले पराजित भएको थियो ।
यसअघि विश्वकप लिग २ मा नेपालले क्यानाडासँग दुवै खेल हारेको थियो भने ओमानले एक खेल जितेको थियो भने एक खेल वर्षाले अवरुद्ध भएको थियो ।
अब नेपालले टी-२० श्रृंखलाको तेस्रो खेलमा नेपालले मंगलबार क्यानाडासँग र बुधबार ओमानसँग खेल्ने छ ।
सम्बन्धित खबर
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की