झ्याप्ले खोलामा पुरिएका थप १० शव फेला

झ्याप्ले खोलामा पुरिएका थप १० शव फेला

jhyaple khola bus (1)

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेंसी नगरपालिका– ९ झ्याप्ले खोलामा पुरिएको अवस्थामा आज थप १० वटा शव निकालिएको छ ।

आज बिहान पहिरो पन्छाउने क्रममा पहिरोले पुरेको अवस्थामा एउटा बस र एउटा माइक्रो सहित १० जनाको शव भेटिएको शसस्त्र प्रहरीले जनाएको छ ।

उक्त पहिरोमा हिजो दुई वटा बससहित १४ वटा शव पुरिएको अवस्थामा भेटिएको थियो ।

यसैबीच गोरखाको लापुबेंसीबाट गएको शुक्रबार काठमाण्डौका लागि छुटेको यात्रुबाहक बस झ्याप्लेखोलाको सोही पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ । धार्चे गाउँपालिका–७ लापुबाट छुटेको बा ४ ख २२७० नम्बरको बस पहिरोमा पुरिएको अवस्थामा भेटिएको गोरखा दरौदी यातायात प्रा.लिले जनाएको छ । लापुबेंसीबाट छुटेको बस शुक्रवार रातिदेखि सम्पर्कविहीन थियो ।

झ्याप्लेखोलामा अरु बस पनि पुरिएको आशंकामा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ