गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्कविहीन

गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्कविहीन

bus-harayo

गोरखा । गोरखाबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ । शुक्रबार ७ बजे बिहान उक्त बस गोरखाको धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको थियो ।

शुक्रबार रातिदेखि बस कहाँ छ भन्ने नखुलेको गोरखा दरौंदी यातायात सेवा प्रालिका अध्यक्ष नारायण खत्रीले बताए । खत्रीका अनुसार शुक्रबार राति करिब १० बजे धादिङको खानीखोलासम्म सम्पर्कमा रहेको बस त्यसयता सम्पर्कविहीन बनेको छ । खोजीका लागि प्रहरीलाई पनि आग्रह गरिएको उनले बताए ।

बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ