आजदेखि सुकिला नोट साट्न पाइने

आजदेखि सुकिला नोट साट्न पाइने

new-note-dashain

पोखरा । दसैंका लागि आजदेखि सुकिला नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म नयाँ नोटको साट्टो सुकिला नोट वितरण गर्ने भएको हो।

आइतबारदेखि सर्वसाधारणले नेपाल राष्ट्र बैंकको कार्यलय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यलयबाट सुकिला नोट साट्न सकिने छ।

साना दरको १–१ सेटको दरले १८ हजार ५०० रुपैयाँको नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका सुकिला नोट सटही गर्ने भएको छ । दशैंमा नयाँ नोट वितरण गर्दा चाँडै पुरानो हुने भएकोले पनि केन्द्रीय बैंकले नयाँ नोटको सट्टामा पुरानै नोट वितरण गर्न लागेको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds