धादिङ जिल्लाको झ्याप्ले खोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालिएको छ। लु.१ ज. ४५७८ नम्बरको माइक्रो बसबाट ती शवहरू निकालिएको हो।
बुटवलबाट काठमाडौं जाँदै गरेको उक्त माइक्रो शुक्रबार बिहान बुटवलबाट छुटेको थियो। गाडी शुक्रबारै राती पहिरोमा पुरिएको थियो।
पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलका टिकट शाखाका कर्मचारी लक्ष्मण कार्कीका अनुसार उक्त गाडी रमेश लुइँटेलले चलाएर लगेका थिए।
१४ शवहरू एक जना बालक, ५ महिला र ८ जना पुरुषहरूका रहेका छन् । हालसम्म चालक रमेश लुइँटेल, बुटवल १६ सेमलारकी सिर्जना कुँवर र प्रकाश कुँवरको पहिचान खुलेको प्रहरीले जनाएको छ।
अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। आज बिहान बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको बससहित तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए।
देशका विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबीसे–नागढुंगा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ।
अहिले पहिरो पन्छाउने काम भइरहेको छ। निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबीसे–मुग्लिन खण्ड क्षतविक्षत छ।
सम्बन्धित खबर
आँधीखोला बेझाङ जिप दुर्घटना[अपडेट], घाइतेलाई पोखरा रिफर
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
आँधीखोला बेझाङमा जिप दुर्घटना, सात जना घाइते
काठमाडौँबाट पोखरा आउँदै गरेको माइक्रो बस भिरमा खस्यो, २ जना गम्भीर घाइते
देशभर ३ दिनमा मृत्यु हुनेको संख्या १४८ पुग्यो, ५५ जना अझै बेपत्ता
झ्याप्ले खोला पहिरो [अपडेट]: ३ बसमा सवार ३५ जनाको शव निकालियो
यो पनि पढौँ
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट डिस्चार्ज गरिएको भोलिपल्टै विजयपुर खोलामा शिशु मृत फेला
‘हनी ट्रयाप’मा पारेर ज्यान लिने मनिषा, बागलुङका प्रतिक गौतमसहित ५ जना पक्राउ
धादिङको झ्याप्लेखोला पहिरोमा बससँगै पुरिएका १४ शव निकालिए
पोखरा विमानस्थल विहीबारदेखि बिहान साढे ४ बजेदेखि नै सञ्चालन