जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

gandak_nahar

नवलपुर । अविरल वर्षाका कारण नारायणी नदीको जल सतह बढ्दै गए पछि गण्डक ब्यारेजका ३६ सै ढोका खुला गरिएको छ । शनिवार बिहान ११ बजे गण्डक ब्यारेजमा ४ लाख क्यूसेक पानीकाे बहाव मापन गरिएको छ ।

पानीको बहाव ३ लाख ५० हजार क्यूसेक पुग्नुलाई ब्यारेज प्रशासनले यस्तो स्थितिलाई खतराकाे तह मान्दै अलर्ट हुने गर्दछ ।

यसैबीच नारायणी नदीमा जलस्तर बढेसंगै जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले सूचना जारी गरी आम नागरिकलाई नदी छेउ नजान र सुरक्षित रहन आग्रह गरेको छ ।

यद्यपि नारायणी नदीमा पानीकाे बहाव बढ्दै जाँदा गैडाकाेट २, कावासाेती १५, मध्यविन्दु २ नन्दपुर लगायत छेउका बस्तीमा जोखिम बढेको स्थानीयले बताएका छन् ।

त्यसैगरी अविरल वर्षाले जिल्लाका  कतिपय क्षेत्रमा पहिरो गई पहाडी सडक अवरुद्ध भए पछि खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds