ललितपुरको महानगरपालिका वडा नम्बर २५ सुगम बस्ती नख्खुडाेलबाट खाेलाले बगाएका चार जनामध्ये तीन जनाको जीवितै उद्धार भएको छ । उद्धारको याचनासहित टहरोको छानोमा उभिएका उनीहरूलाई नख्खु खोलाले बगाएको थियो ।
गुहार मागिरहेका बेला अचानक टहराे भत्केपछि उनीहरू खाेलासँगै बगेका थिए । यसरी बगेका चार जनामध्ये दुई जनालाई तेमाल गाउँपालिका ९ काभ्रेका ३३ वर्षीय चणिकलाल तामाङले उद्धार गरेका थिए भने एक जना आफैँ पाैडी खेलेर बाँच्न सफल भएका हुन् । एक जनाको अवस्था भने अहिलेसम्म अज्ञात छ ।
उद्धार गरिएका तीन जनाको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार रौतहट घर भई सुगम बस्ती टोलमा बस्दै आएका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघना साहकाे चणिकलालले उद्धार गरेका हुन् । राजुका भाइ २२ वर्षीय राज साहले पाैडेर ज्यान जाेगाए । राजुकी छोरी करिब ४ वर्षीया शेर्तु साहकाे अवस्था अज्ञात छ । उनको खाेजी भइरहेको प्रहरीले जनाएको छ ।
मानिसहरू बगेको देखेपछि नख्खु खोलामा हाम फालेर चणिकलाल एक्लैले दुई जनालाई सकुशल उद्दार गर्न सफल भएका हुन् । राजु आफ्नी छोरी मेघनालाई च्यापेर पौडिँदै गरेका बेला चणिकलालले खाेलाबाट निकालेका थिए ।
ज्यानको याचनाबीच कतैबाट सहायता प्राप्त नहुँदा त्यही बेला फुत्त नख्खु खोलामा हाम फाले चणिकलाल । टहराको छानाबाट बगेका चार जना करिब ३ सय मिटर बगिसकेका थिए । चणिकलाल एक्लैले दुई जनालाई सकुशल उद्धार गर्न सफल भए ।
राजु आफ्नी छोरी मेघनालाई च्यापेर पौडिँदै गरेका बेला चणिकलालले निकालेका थिए ।
काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका चणिकलाल पेन्टर हुन् । दशैंको मुखमा पेन्टिङ कामको चाप बढे पनि वर्षाका कारण शनिबारको काम रोकिएको थियो । उनी पनि आफ्नो वरपर बाढीको कहर हेर्न निक्लेका थिए ।
सम्बन्धित खबर
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
अख्तियार पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की