सप्तकोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिए

सप्तकोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिए

दुवैतर्फ रातो बत्तीको संकेत

saptakoshi barage

निरन्तरको वर्षाले सप्तकोशी ब्यारेजमा पानीको बहाव उच्च भएको छ ।

पानीको बहाव बढेपछि सप्तकोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका छन् । पानीको सतह र बहाव बढेपछि ब्यारेजको दुवैतर्फ रातो बत्ती बालेर खतराको संकेत दिइएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद तिवारीकाअनुसार शनिबार बिहान साढे आठ बजेको मापनअनुसार कोशीमा पानीको बहाव ४ लाख १८ हजार २ सय ८५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ ।

शनिबार बिहान ७ बजे ३ लाख ८१ हजार ८ सय १० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको थियो । त्यसबेला ५० वटा ढोका मात्र खोलिएको थियो । एक घण्टा नबित्दै कोशीमा पानीको सतह र बहाव बढेको हो ।

पानीको बहाव बढेसँगै पूर्वी र पश्चिमी तटीय क्षेत्र आसापासका बासिन्दाहरू त्रसित भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds