झापामा बाढीमा परी २ जना बेपत्ता, पुल र मोटरसाइकल पनि बगायो

झापामा बाढीमा परी २ जना बेपत्ता, पुल र मोटरसाइकल पनि बगायो

Badhi

झापा । झापामा बाढीमा बगेर दुई जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको बाढीले झापाको कमल गाउँपालिका र कचनकवल गाउँपालिकामा एक–एक जनालाई बगाएको हो । प्रहरीका अनुसार बाढीले एउटा पुल र एउटा मोटरसाइकल पनि बगाएको छ ।

शुक्रबार दिउँसो कचनकवल गाउँपालिका –१ स्थित चमर भीत्ताबाट झकुवा टोल आउँदै गरेकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएको हो भने कमल गाउँपालिका– १ का ३५ वर्षीय टिकाराम चौधरी कृष्ने खोलामा माछा मार्ने क्रममा बेपत्ता भएको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।

यस्तै, कचनकवल– २ मा अमरखुट्टा खोला तर्ने क्रममा प्र.१–०२–०५प ६९७८ नम्बरको मोटरसाइकल खोलाले बगाएको छ । चालक सोही स्थानका २७ वर्षीय रबिन भट्टराईको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

बाढीले अर्जुनधारा नगरपालिका– ७ मा बिरिङ खोलामा रहेको खुदुनाबारी–शनिश्वरे जोड्ने मोटरेवल पुलमा क्षति पुगेको छ । कचनकवल– १ मा अदुवा खोलामा रहेको काठको पुल पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds