काभ्रे र पाँचथरमा पहिरोमा परेर ४ जनाको मृत्यु

काभ्रे र पाँचथरमा पहिरोमा परेर ४ जनाको मृत्यु

काभ्रेमा एकै परिवारका ५ र धनकुटामा २ जना बेपत्ता

pahiro

पोखरा । काभ्रे र पाँचथरमा पहिरोमा परेर चार जनाको मृत्यु गएको छ ।

काभ्रेको तेमाल गाउँपालिका ७ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान करिब ३ बजेतिर भिमबहादुर तामाङको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै पाँचथरको फिदिम नगरपालिका–४ भदौरेमा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ । ज्यान जानेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । त्यस्तै काभ्रेको पनौती नगरपालिका ११ थुम्कीमा पहिरोले घर पुरिंदा पाँच जना बेपत्ता भएका छन् ।

यता धनकुटा पाख्रिबास नगरपालिका गुँरासेका सन्तोष तामाङ्गको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती ३२ वर्षीया आशा तामाङ्ग र आमा ५० वर्षीया रामकुमारी तामाङ्ग बेपत्ता भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ