पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाको अरबौं रकम अपचलन गरी शहर शहरमा घर, बंगला र जग्गा जोडेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली १६ महिनादेखि फरार रहेकामा भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् ।
उनी २०८० जेठ देखि फरार भएका थिए । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीबिरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो । नेपालीलाई आज शुक्रबार पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
उनलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइएको पनि प्रहरीको भनाई छ । बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरेको आरोप लागेपछि नेपाली जेठ ५ गतेदेखि फरार रहेका थिए ।
उनी इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा छ ।
सहकारी रजिस्ट्रारको कार्यालयले गरेको अध्ययनमा उनले पोखरासहित बागलुङ, बुर्तीबाङ, गल्कोटमा गरी कृत्रिम कर्जा खडा गरी मोटो रकम उठाएर हिनामिना गरेको उल्लेख छ ।
नेपालीले बेलाबेलामा सामाजिक संजालमा आएर भौतिक सम्पत्ती बिक्री गरी बचतकर्ताको रकम फिर्ता गर्ने जनाउँदै आएका थिए । उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो