निरन्तर वर्षाले पोखरासहित देशभरका हवाई उडान प्रभावित

निरन्तर वर्षाले पोखरासहित देशभरका हवाई उडान प्रभावित

Pokhara Regional International Airport (5) (1)

निरन्तरको वर्षाले देशैभर आन्तरिक हवाई उडान प्रभावित भएको छ । आज बिहानैदेखि आन्तरिकतर्फको उडान प्रभावित भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

प्रवक्ता रिन्जी शेर्पाका अनुसार भिजिबिलिटी कमजोर भएका कारण पोखरासहित जनकपुर, सिमरा, धनगढीलगायत अधिकांश विमानस्थलमा उडान हुन सकेको छैन ।

बाहिरका विमानस्थलको भिजिबिलिटी कमजोर भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भएका छैनन् । अन्तर्राष्ट्रिय उडान र अवतरण भने भइरहेको शेर्पाले बताए ।

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेको भिजिबिलिटी तीन हजार रहेको छ । भिजिबिलिटी एक हजार ६ सय भन्दा माथि भएमा विमान उडाउन र अवतरण गर्न सकिनेछ ।

पोखरामा बिहीबार साँझदेखि नै निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण पोखराको जनजीवनसमेत प्रभावित बनेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि कुनै पनि उडान हुन सकेको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds