पृथ्वी राजमार्ग अवरुद्ध, गल्छी नजिकै पहिरोले कार बगायो, यात्रु बसमा पनि क्षति

दुर्घटना

पृथ्वी राजमार्ग अवरुद्ध, गल्छी नजिकै पहिरोले कार बगायो, यात्रु बसमा पनि क्षति

car acc

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी नजिकै पहिरोले एउटा कार खोलामा खसेको छ भने एउटा यात्रु बसमा क्षति पुगेको छ ।

पहिरोले झारेको कारमा रहेका ४ जना घाइते छन् । उनीहरुलाई उद्धार गरिएको छ ।

गल्छी गाउँपालिकाको चिरौँदी पुल नजिक खसेको पहिरोले एउटा कार सडक बाट तल खोलामा खसालेको हो । अर्को यात्रु बसमा सामान्य क्षति भएको गजुरीका डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन् ।

एआर ०११ ७९ नम्बरको भारतीय बस हो भने कारको नम्बर ग २ च ७८८५ रहेको छ ।

पहिरोले राजमार्ग अवरुद्ध बनेको छ ।

लगातारको वर्षासँगै आएको पहिरोको कारण सडक अवरुद्ध हुँदा काठमाडौं प्रवेश गर्ने र बाहिरिने सवारी साधन रोकिएका छन् । निर्माणाधीन सडक आयोजनाको मेसिनको प्रयोग गरी पहिरो पन्छाउन थालिएको प्रहरिले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ