अरिङ्गालले चिल्दा लमजुङको बेंसीशहर नगरपालिका ३, गाउँशहरस्थित लमजुङ माविका ४ जना छात्रा घाइते भएका छन् ।
घरबाट विद्यालय जाँदै गरेका उनीहरुलाई काउलेपानी नआइपुग्दै डम्फू हाउसनेर खोल्सीमा बिहीबार बिहान अरिङ्गालले चिलेको प्रहरीले बताएको छ ।
बिहान पौने १० बजेको समयमा अरिङ्गालले चिल्दा कक्षा ६ की १० वर्षिया करुणा तामाङ र १३ वर्षिया रीता गुरुङ, कक्षा ७ की १२ वर्षिया अर्चना तामाङ र कक्षा ८ की १३ वर्षिया संगीता तामाङ घाइते भएका हुन् ।
प्रहरीका अनुसार उनीहरुलाई बिहान ११ बजे बेंसीशहरस्थित लमजुङ अस्पतालमा लगी उपचार गरिएको छ । विद्यालयका शिक्षक रत्नबहादुर घिमिरेका अनुसार तामाङ ३ जनाको घर बेंसीसहर नगरपालिका ५, बाख्रेजगत र गुरुङको घर बारपोले हो ।
उनीहरु बिहान विद्यालय पोशाकमै रुँदै कराउँदै विद्यालय पुगेको उनले बताए । दौडिँदै आएका उनीहरुले चप्पल र झोलासमेत बाटोमै छोडेको र घाइते अवस्थामा आएका विद्यार्थीलाई अस्पतालमा लगिएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठले अरिङ्गालले विद्यार्थीका टाउको, छाती तथा शरीरका अन्य भागमा टोकेर घाइते बनाएको बताए । उनका अनुसार विद्यार्थीको लमजुङ अस्पतालमा उपचार भएको र अवस्था सामान्य रहेको छ ।
सम्बन्धित खबर
लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’
लमजुङमा नुहाउने क्रममा खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
लमजुङमा अनलाइनबाट पहिलो पटक नागरिकता
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
तस्वीरमा लमजुङको घलेगाऊँ
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु