शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन अपिल

भारी वर्षाको अनुमान:

शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन अपिल

चार दिन अत्यन्त जरुरी अवस्थामा बाहेक लामो सडक यात्रा नगर्न सचेत

rain_red

काठमाडौँ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि आउँदो आइतबारसम्म चार दिन भारी एवं अतिभारी मनसुनी वर्षा हुने प्रक्षेपण गर्दै उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन अपिल गरेको छ ।

प्राधिकरणले बिहीबार सूचना जारी गर्दै यो समयमा धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्ने, पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउने दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजाने उल्लेख गरेको छ ।

खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरु तयारी अवस्थामा राख्न, यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, बादल गर्जेको र चट्याङ् परिरहेको बेला रुखमुनि, बलेनीमा वा घरबाहिर नबस्न, पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही ‘अलर्ट’ मा रहन पनि प्राधिकरणले अपिल गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds