कास्कीको भुर्जुङ्खोलाबाट कटिङ् ढुङ्गा बोकेर पोखरातर्फ आइरहेको ट्रक लामाचौर पानीट्याङ्कि, अमला बिसौनी चौतारो चोकमा मध्यरातमा दुर्घटना भएको छ ।
भुर्जुङखोलाबाट राती ३ बजे घार्मी हुँदै पोखरातर्फ झरेको अवस्थामा लोड ट्रक अनियन्त्रित भई आमा समूहको घरको पिल्लरमा ठोक्किन पुगी गोविन्द बस्नेतको घरको सटरमा ठोक्किन पुगेको थियो । ग १ ख ५२५८ नम्बरको ट्रकले सटरमा रहेको बसन्त खड्काको फ्रेश हाउसमा क्षति पुर्याएको छ ।
कटिङ ढुङ्गा चालक राजु गिरी स्वयंले ल्याएको र ट्रक ऋषिराम आचार्यको रहेको खुलेको छ । चालक गिरीको खुट्टा भाँचिएको र लामाचौर मेट्रो प्रहरीले तत्काल फिस्टेल अस्पतालमा लगेको थियो । प्रहरीले नियन्त्रणमा लिइएको ट्रक र ढुङ्गा थप अनुसन्धानका लागि एक्याप पठाइएको छ । कटपिस ढुङ्गा र दुर्घटनाको कारणको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
५ हजार पिस भन्दा बढी कटिङ ढुङ्गा पोखरा ल्याउँदा अकलाबाट सजिलो सडक हुँदाहुँदै बेसिचोक हुँदै घार्मी उक्लिएर लामाचौरतर्फ रातिको समयमा ल्याइनु रहस्यमय छ । चालक गिरीले एक्याप क्षेत्रबाट ढुङ्गा ल्याएको हुन सक्ने अनुमान गरिएको छ।
सम्बन्धित खबर
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता
पोखरामा डिजी स्कुलको ‘कनेक्ट एण्ड मिट’
गण्डकीको हिउँदे अधिवेशन आज मध्यरातिदेखि अन्त्य
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर