नवलपुर । नवलपुर जिल्लाको बौदीकाली गाउँपालिकाको १ र २ नम्बर वडाका अधिकांश गाउँमा बाँदरले आतंक मच्चाएपछि गाउँ पुरै सुनसान जस्तै छ । जंगलछेउका गाउँमा बाँदर आतंककै कारण खेतीपाती गर्न नपाएपछि गाउँले अन्त बसाइँ सरेका छन् भने जंगल छेउका गाउँ खालेपछि बाँदर जंगलदेखि भित्रका गाउँमा पनि पस्न थालेका छन् ।
बौदीकाली २, डेढगाउँका स्थानीयवासी मनोज कोइरालाका अनुसार अहिले पहाडी क्षेत्रका माथिल्लो वस्तीहरु रित्तिदै गएपछि बाँदर तल्लो वस्तीमा पनि पस्न थालेका छन् । गाउँमा १ जना घर छाड्नै नहुने गरी घर र बारी पालैपालो कुर्न बाध्य हुनुपरेको मनोज कोइरालाले गुनासो गरे ।
गाउँमा अलिअलि भएका वासिन्दा बाँदरले खेती गर्न नदिएपछि गाउँ छाड्दा त्यसको असर जंगलभन्दा परपरको गाउँमा पनि पर्न थालेको छ । त्यसो त पहिला गाउँघरमा रहेका भरुवा बन्दूक, एकनाले बन्दूक पड्काउदा बाँदर भगाउन सजिलो भए पनि अहिले प्रहरी प्रशासनले त्यो पनि रोकेकोले थपाउनै नसकिएको बौदीकाली १ का टकबहादुर कार्की क्षत्री बताए ।
बाँदर धपाउनकै लागि दौडधूप बढेपछि कतिपय खेती गर्न छाडेका छन् भने कतिपयले बाँदरले नखाने खेती छानी छानी गर्न बाध्य भएका छन् । गाउँमा बाँदर आतंक बढ्नुको मुख्य कारण बसाइँसराइ भए पनि, बाँदर आतंककै कारण पनि मानिस गाउँ छाड्न बाध्य भएका हुन् ।
बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले गाउँमा बाँदर आतंक बढेपछि नियन्त्रण गर्न कार्यदल गठन गरेको बताए । ओझाले गाउँमा बाँदर आतंक बढेसँगै चितुवा पनि आउन थालेर गाउँले थप त्रसित हुनुपरेको बताए ।
त्यसो त, पहाडी क्षेत्रका बस्तीमा बाटोघाटो स्वास्थ्य शिक्षा लगायतको सुविधा अभावका कारण पहाडका वासिन्दा बसाइँ सरेर तराई झर्ने वा नजिकका बजारमा सर्ने गरेका छन् । त्यसमाथि बाँदर आतंकले गाउँमै बस्न नसक्ने भएपछि भोलिका दिनमा पहाडका ग्रामीण क्षेत्रमा बचेखुचेका बस्ती रित्तिदै जाने देखिन्छ ।
सम्बन्धित खबर
‘ग्लोबल मनी वीक’ अन्तर्गत कावासोतीमा वित्तीय साक्षरतामूलक कार्यक्रम
नवलपुरमा ट्रिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
छात्रलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
सामूहिक प्याज खेतीमा जुट्दै किसान
पत्रकार महासङ्घ नवलपुरको अध्यक्षमा श्रीराम सिग्देल निर्वाचित
लाइसेन्समा दायाँबायाँ सुन्न नपरोस् : यातायात मन्त्री केसी
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर