काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनेरास्ववियु (क्रान्तिकारी)लाई सडकको बाघ भएर निस्कन निर्देशन दिएका छन् ।
बिहीबार त्रिभुवन विश्वविद्यालयमा आयोजित अनेरास्ववियु (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नयाँ योजना र कार्यक्रमको संकल्पसहित सडकको बाघ भएर निस्कन निर्देशन दिएका हुन् ।
‘पछिल्लो राजनीतिक अवस्था सामान्य छैन, निकै जटिल हुँदै गएको छ । प्रतिक्रियावादी शक्तिहरूले प्राप्त उपलब्धिमाथि प्रहार गरिराखेका छन् । त्यसमा विदेशी शक्तिहरूले चलखेल गरिरहेका छन् । सम्पूर्ण संकटको सामना गर्ने सामर्थ्य वामपन्थी तथा विशेष गरी माओवादी शक्तिमा छ’, विद्यार्थीलाई निर्देशन दिँदै उनले भने, ‘यो जटिल परिस्थितिको सामना गर्न तपाईँहरूको साथ भएमा केही महिनाभित्रै परिस्थिति उल्टिछ । तपाईँ सडकको बाघ हुनुहोस् र म संसदमा सिंह भएर निस्किएको छु । तपाईँको साथ भएमा हामी जित्छौँ ।’
सरकारमा रहँदा आफूले भ्रष्टाचारविरुद्ध अभियान छेडेकै कारण सत्ता छाड्नुपरेको उनले दाबी गरे ।
‘इतिहासमा यतिधेरै हाइप्रोफाइविरूद्ध कहिले कारबाही भएको थिएन । भूमाफियाविरुद्ध अभियान छेडेकै हो । सामाजिक न्यायको क्षेत्रमा अभियान चलाएकै हो । बिचौलिया, दलाल पुँजीवादीविरूद्ध जिहाद छेडेकै हो । यही कारणले हामीलाई सरकार छाड्न बाध्य पारेकै हुन्,’ उनले भने।
उनले माओवादीलाई जनतामा जान दिएकोमा कांग्रेस र एमालेलाई धन्यवाद समेत दिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो