गोरखामा जापनिज इन्सेफ्लाइटिसबाट महिलाको मृत्यु

गोरखामा जापनिज इन्सेफ्लाइटिसबाट महिलाको मृत्यु

death body

गोरखा । गोरखामा जापनिज इन्सेफ्लाइटिस संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

गोरखा नगरपालिका–१२ दशकिलोकी ३४ वर्षीया राधिका कुमालको मृत्यु भएको पुरानो मेडिकल कलेज चितवनले जनाएको छ ।

गत भदौ २५ गते जिल्ला अस्पताल गोरखामा उपचारपछि थप उपचारका लागि उनलाई चितवनको पुरानो मेडिकल कलेजमा लगिएको थियो ।

उपचारको क्रममा बिहिबार बिहान ८ बजे अस्पतालले मृतक घोषण गरेको हो ।

जापनिज इन्सेफ्लाइटिस क्युलेक्स प्रजातिको लामखुट्टेले सुङ्गुर र हाँसलाई टोकेर आफूमा यो रोग सार्छन् अनि संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि जापनिज इन्सेफ्लाइटिस रोग लाग्ने गर्छ । यो रोग मान्छेबाट मान्छेमा भने सर्दैन । जापनिज इन्सेफ्लाइटिस रोग लामखुट्टेले टोकेको ६ देखि १६ दिनसम्म रोगको लक्षण देखा पर्दछ।

यो रोग लागेपछि बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटी कडा हुने, पक्षघात हुने जस्ता लक्षण देखिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ