गोली हानेर श्रीमतीको हत्या, बाबु घाइते

गोली हानेर श्रीमतीको हत्या, बाबु घाइते

goli

सर्लाही । सर्लाहीमा श्रीमानले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। बाबु गम्भीर घाइते भएका छन्।

सर्लाही हरिपुर्वा नगरपालिका– ५ मा बुधबार राति पौने २ बजे ती अभियुक्तले गोली प्रहार गरी २३ वर्षीया श्रीमती चित्रलेखा यादवको हत्या गरेका हुन्।

गोली प्रहारबाट ५४ वर्षीया बुवा रामदिनेश राय घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

अभियुक्त हाल फरार रहेको र खोजी भइरहेको जनाएको छ। प्रहरीले अभियुक्तको नाम खुलाएको छैन।

चित्रलेखा बायाँ कञ्चटमा गोली लागेको अवस्थामा फेला परेको र उनको घटनास्थलमै मृत्यु भएको र घाइते बाबुको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट दुई राउन्ड खोका र एक थान नपड्किएको गोलीसमेत बरामद गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ