पर्यटन दिवस मनाउँदै अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय

पर्यटन दिवस मनाउँदै अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय

शुक्रबार सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट

imm_mountain musuem parbatiya

पोखरा रातोपहिरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले भव्य रुपमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ ।

शुक्रबार संग्रहालय भ्रमणका लागि आउने पहिला व्यक्ति वा समूहलाई भव्य स्वागतसहित टिकट शुल्कसमेत नलिइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिइन् । पर्वतीय पर्यटन, संस्कृति र सभ्यताको खुला पठाशाला बनेको यो संग्रहालय बिहान साढे ८ बजेबाट साँझ साढे ५ बजेसम्म खुला हुन्छ ।

पर्यटन दिवसकै सन्दर्भमा संग्रहालयले शनिबार ऐतिहासिक फोटो प्रदर्शनी र पुस्तकसमेत सार्वजनिक गर्दे छ । रसियाली लेखक एवं पर्वतारोही युरी रोदिचेभले संकलन गरेका ४० फोटाहरु शनिबार प्रदर्शनीमा राखिने छन् । नेपालको हिमाल र हिमाली क्षेत्रमा उनले खिचेका ती तस्बिरहरु अहिलेसम्म सार्वजनिक भएका छैनन् ।

संग्रहालयकी कार्यकारी निर्देशक न्यौपानेले भनिन्, ‘प्रदर्शनीपछि ती फोटा स्थायी रुपमा संग्रहालयमै रहने छन् । सँगै रोदिचेभको पुस्तक ‘दी हिमालयज’समेत सोही समारोहमा सार्वजनिक गरिनेछ । गत वर्ष यो संग्रहालय एक लाख ९८ हजार जनाले अवलोकन गरेका छन् ।

संग्रहालयको रेकर्डअनुसार यहाँ १ सय ५ देशका नागरिकले भ्रमण गरेका छन् ।

संयुक्त राष्ट्र संघले यसपालिको विश्व पर्यटन दिवसको नारा पर्यटन र शान्ति तय गरेको छ । पर्यटनको माध्यमबाट शान्ति र समृद्धिमा योगदान पुग्ने पक्षलाई ध्यान दिई यो नारा बनाइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ