पोखरा । गोरखाको उत्तरी क्षेत्र चुमनुब्री गाउँपालिकाका स्थानीयले हेलिकोप्टर उडानमा रोक लगाएका छन् ।
सरकारले चुमनुब्री लगायतका क्षेत्रलाई निषेधित क्षेत्रमा राखेकामा त्यसलाई खुला गर्न माग गर्दै स्थानीयले हेलिकोप्टर उडानमा रोक लगाएका हुन् । स्थानीयले सामागाउँको हेलिप्याडमा ढुंगा थुपार्नुका साथै झण्डा समते गाडेर हेलिकोप्टर ल्यान्ड गर्न नदिएका हुन् ।
गाउँमा आपतविपत परेका बेला उद्धारका लागि हेलिकोप्टर ल्याउन समेत अप्ठेरो परेकामा सरकारको बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको स्थानीयको आरोप छ । निषेधित क्षेत्र खुला गरेर हेलिकोप्टर उडान सहज बनाउनुपर्ने माग आफूहरुले राखेको स्थानीय मिङमार लामाको भनाइ छ ।
यसका बारेमा गाउँलेहरु बसेर संघ सरकार, जिल्ला प्रशासन र गाउँपालिकामा स्थानीयले लिखित माग नै पेस गरेका थिए । माग पूरा गर्न ५ दिनको समय दिए पनि त्यसको बेवास्ता भएपछि हेलिकोप्टर उडान रोक्न वाध्य भएको उनको भनाइ थियो ।
स्थानीयको आन्दोलनका कारण मनाश्लु क्षेत्रबाट फर्कने पर्यटक अलपत्र परेका छन् । हिमाल चढेर फर्केका धेरैजसो पर्यटक सामागाउबाट हेलिकोप्टर चढेर काठमाडौं फर्कने गर्छन् ।
सम्बन्धित खबर
लार्के पास जाने क्रममा बेलायती नागरिकको मृत्यु
काठमाडौँमा गाडी दुर्घटना हुँदा गोरखाका पाण्डेको मृत्यु, २ जना घाइते
गोरखामा मनास्लु पदयात्रा हिँडेका नेपाली गाइडको मृत्यु
आरुघाटमा बसेर एसइई परीक्षा दिइरहेका किशोरको बूढीगण्डकीमा डुबेर मृत्यु
गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु
पूर्वराजा ज्ञानेन्द्र शाहले गरे गोरखनाथ मन्दिरको दर्शन
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर