रबि लामिछाने जोगाउन रास्वपाले गरेको आन्दोलनप्रति सहकारी पीडितको आपत्ति

आपत्ति

रबि लामिछाने जोगाउन रास्वपाले गरेको आन्दोलनप्रति सहकारी पीडितको आपत्ति

'पीडितको उपहास गर्दै हिँडेको देख्दा यो पीडाको दुखाईमा पनि लाज लागेर आएको छ'

rabi samarthak

तस्वीरः सुमन ढुंगाना फेसबुक

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले अस्ति असोज ७ गते गरेको प्रर्दशनप्रति सूर्यदर्शन बचत पीडित संघर्ष समितिले आपत्ति जनाएको छ ।

रास्वपाले बचत रकमको सुनिश्चितताको विरुद्ध प्रदर्शन गरेको भन्दै उनीहरुले विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् ।

सहकारी ठगीमा परेको विषयमा गम्भिर भएर सोच्नुपर्ने बेलामा सहकारी पीडित विरुद्ध नाटकीय रुपमा लाग्दा अचम्ममा परेको विज्ञप्तिमा उल्लेख छ ।

सहकारी पीडितलाई विभिन्न झुटा लान्छना लगाउने काम भइरहेको उनीहरुको भनाई छ ।

‘दश झुटा लान्छाना सहन तयार छौं । तर त्यसको बदलामा पीडितको रकम फिर्ता होस् । के यो कुरामा तपाईं र तपाईंको पार्टी सहमत छ ? पीडितको उपहास गर्दै हिँडेको देख्दा यो पीडाको दुखाईमा पनि लाज लागेर आएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

गलत विषयमा जोडेर पीडितलाई फुटाउने, टुटाउने, नेतृत्व कमजोर बनाउने र असफल बनाउने प्रयास गरिएको सहकारी पीडितहरुको आरोप छ । सहकारी पीडितको बचत रकम फिर्ता गर्न सरकारले सहयोग गरिदिनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ